Wednesday, October 7, 2026
Home राजनीति राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूतको भेट

41

काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शितल निवास पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ भेट गरेकी हुन्।

भेटका अवसरमा नेपाल र चीनबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राजदूत यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरी चीन फर्किँदै छिन्। उनी सन् २०१८ को डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्।