काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब...
काठमाडौँ । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु...
भक्तपुर । मध्यपुरठिमी नगरपालिका वडा नं. १ लोकन्थलीबाट प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।आँखा अस्पताल नजिकबाट सिराहा जिल्लाको लाहान नगरपालिका वडा नं. ४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षको रमेश कुमार आनन्दलाई प्रहरीले पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा प्रहरीले नाइट्राभेट ६०० सय थान ट्यावलेट लागूऔषध सहित आनन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी परीसर भक्तपुरका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
राप्रपाले काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंकेटमा आज एक कार्यक्रम आयोजना गरी घोषणपत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद हुनुपर्ने एजेण्डा अगाडि सारेको छ ।
यस्तै अभिभावकीय संस्थाका रुपमा राजसंस्था हुनुपर्ने विषय पनि राप्रपाले...
काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित...
बागलुङ । नेपालमा बजार मूल्य र किसानले पाउँने दूधको मूल्यमा आधाभन्दा फरक छ । एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ छ । तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ । दुईवर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पथ्र्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँङगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण...
नगरकोट । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । करिब १५ किलोमिटर भक्तपुर-नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबारदेखि सडक बन्द गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताए ।संघीय...
काभ्रे । मसिंर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी छनौटको कामलाई अन्तिम चरणमा पु-याएको छ । जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीहरुको नामावलीलाई अन्तिम रुप दिदै जिम्मेवारी बाँडफाँडको गृहकार्य भईरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएका कर्मचारीहरुका विषयमा टिका टिप्पणी धेरै...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक १४ गते (सोमबार)
दिउँसो: देशका पहाडी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो...










