Monday, June 22, 2026
Home Blog Page 656
धनुषा । जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा मंगलबार र बुधबार अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ।कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो।कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन्।‘जतिबेला यात्रु आउँछन् त्यतिबेला...
काठमाडौं । ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा उपाधि जितेको छ ।सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा प्रदीप खड्का र प्रणव खनालको जोडीलाई ७–६ र ४–६ (१०–५) ले हराएर ऋतिक र निशनको जोडी च्याम्पियन बन्यो ।३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जित्यो । फाइनलमा सन्तोष खत्री...
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।सोमबार प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपियाँले घटेर ९४ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपियाँ रहेको  छ ।यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ...
काठमाडाैँ । बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ।बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम-कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो।भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियाे।राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुँदैछ।मंगलबार नै समिति प्राधिकरणमा रूपान्तरण...
जलेश्वर । महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ।कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन्।तिथिको भोगले मंगलबार दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो।पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया...
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको दाबी गरेका छन् ।पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट तीनवटा गोली निकाले ।  बायाँ खुट्टामा केही छर्राहरू थिए जुन उनीहरूले भित्र छोडेका थिए । ’आफूविरुद्धको हत्याको सम्पूर्ण षड्यन्त्र दुई महिनाअघि  गरिएको उनले दाबी...
काठमाडौं । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने र ५ बजेर २७ मिनेटमा क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए ।यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै सुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ...
नेपालगञ्ज । बाँकेबाट प्लाइउड भारत निकासी भएको छ। शिखर प्लाइउडले सोमबार २८ टन प्लाइउड भारत पठाएको हो।शिखर प्लाइउडका प्रबन्ध निर्देशक चम्पालाल बोथराले सधैं भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ आइरहेकोमा अब यस क्षेत्रबाट भारत निकासी थालिएको बताए।बोथरा आफैले इकुलिप्टिस र पोपुलर (लहरे पिपल) का तीन लाख बिरुवा लगाएका छन्। यहाँका अन्य किसानले दुई करोड बिरुवा लगाएका छन्। कच्चा पदार्थमा...
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।सोमबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५७७ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ८८७...
काठमाडौँ । पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको छ । पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले दिएका जानकारी अनुसार मुलुकको पूर्वी प्रान्त पञ्जाबमा पछिल्लो समयमा डेंगुको प्रकोप बढेको पाइएको छ ।पञ्जाबमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ । पञ्जाब प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा...