Saturday, June 20, 2026
Home Blog Page 635
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ पुगेको छ।शुक्रबार १७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४४४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।गत २४ घण्टामा देशभर ७७८...
काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।निगम स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ...
काठमाडौं । मंसिर ४ गते संघ र प्रदेशसभाको निर्वाचन हुदैं छ । ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइन्छ ।यस पटक भोट हाल्न (मतदान)का लागि यी कुराहरु आवश्यक पर्दछ । १. पहिलो नम्बरमा तपाईँको नाम फोटो सहितको मतदाता नामावली हुनु पर्दछ । २. त्यसपछि तपाईँसंग मतदाता परिचय पत्र हुनुपर्दछ । ३. मतदाता परिचय पत्र छैन भने नागरिकता, सवारी...
वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक । निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । तस्बिर ः विजयकुमार महतो /रासस
काठमाडौँ । एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ। बैंकले सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरू लाई मध्यनजर गरी बनाइएको हाे ।९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ। एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा...
काठमाडाैँ । निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ ।  निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो ।निर्वाचन आचारसंहिता, २०७९  को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले...
काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको...
लमजुङ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो  केन्द्रमा  खटिएका छन् । आठ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा १४ सय ९७ कर्मचारी र २३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।जिल्लाभर एक सय ८८ मतदान अधिकृतसहित १४ सय ९७ कर्मचारी आ-आफ्नो निर्वाचन सामग्री बुझेर निर्वाचनको केन्द्रमा पुगेका छन्...
विराटनगर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अति संवेदनशील र एक सय १४ वटा संवेदनशील मतदान स्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी...