Saturday, May 2, 2026
Home Blog Page 368
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।बुधवार बिहान नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिनभित्रमा पूर्णरूपमा सरकार विस्तार हुने बताए ।अब सरकारको ध्यान पूर्ण रूपमा नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताउँदै...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ। घिमिरेको इजलासको १२ औँ नम्बरमा रहेको छ।नाबालिग बलात्कार मुद्दामा यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।चैत १३ मा...
काठमाडौं । डोनल्ड ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका विषयमा लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्। सन् २०१६ को उक्त घटनामा मङ्गलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ।अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्।...
काठमाडौं । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारले टिकटकमा प्रतिबन्ध लगाएको छ । अस्ट्रेलियाको संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त एप्लिकेसन प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताए । उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने पनि बताए ।चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम वहसको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजालासमा मुद्दाको पेशी तोकिएपनि सुनुवाइ हुने सम्भावना कमजोर रहेको छ।यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।चैत १३...
बागलुङ । जिल्लामा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी...
बैतडी – सोह्र वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुने छ । सहभागी हुने प्रदेशका आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ...
काठमाडौं । सिन्धुलीको जिल्लाको कमलामाई नगरपालिकामा कृषकहरुलाई २ दिने होमस्टे घरवास० अभिमुखिकरण तथा आतिथ्यता तालिम मिति २०७९ चैत्र २० गते सप्पन्न भएको छ । नगरपालिकाको वडा न. ४ र ५ का २७ जना कृषकहरुलाई २ दिने होमस्टे ९घरवास० अभिमुखिकरण तथा आतिथ्यता तालिम सप्पन्न भएको हो। नेपाल एकीकृत ग्रामीण बिकास परियोजना, सिकाई केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगत वल्र्ड नेवर्सको आर्थिक...
काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन्। बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा छैनन्। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्। कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन्।सगरमाथा आरोहण गर्न...
काठमाडौँ । सहिद स्मारक ए डिभिजन क्लब चर्च ब्वाइज युनाईटेडका मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले क्लब छाडेका छन् । नेपाली मूलका अमेरिकन नागरिक हुमागाईंले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति (वर्क परमिट)लिनुपर्नेमा तर यो प्राप्त गर्न नसकेपछि क्लब छाडेका हुन् ।लिगको छैटौं चरणसम्म भने उनले वर्क परमिटबिनै क्लबमा काम गरिरहेका थिए । उनले बुधबार सामाजिक संजालबाट मुख्य...