काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन आज (बिहीबार) भने तोलामा ८ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको...
काठमाडौं । मोरङमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन...
काठमाडौं । आज साँझ ५ बजे सत्ता गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।...
काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गरिँदै छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ ।त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन-२, तनहुँ-१ र बारा-२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता...
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो।यो मध्ये १०% (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५%(७१ हजार ९१६ कित्ता) सामूहिक...
भक्तपुर । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डको आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो ।भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्सव आयोजना गरिएको औद्योगिक शान्ति...
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सरकारले आज अपराह्न ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि सत्ता साझेदार दलका नेताहरू सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको...
भक्तपुर । नयाँवर्ष २०८० सालको अवसरमा हुने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को तयारी सम्पन्न भएको छ । महोत्सवको विहिबार कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदु राम भुषालले उद्घाटन गर्ने तयारी रहेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौति गर्नका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गर्नुभएको छ ।बुधबार नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गर्नुभएको हो ।उहाँले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले...
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ ।आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २का लागि २९ लाख र तनहुँ...










