विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले लिने भनिएको शथपग्रहण कार्यक्रमको समय सरेको छ। आज अर्थात बुधबार १०:३० बजे लिने भनिएको शपथ ग्रहणको कार्यक्रम ५ बजे सरेको छ।
मन्त्रालय टुंगो लगाउने विषयले शपथग्रहण कार्यक्रमको समय सरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। यसअघि बिना विभागीयमन्त्री बनाउने गठबन्धनको निर्णय भए पनि आज मन्त्रालय नै टुंगो लगाउने भन्ने...
काठमाडौं- ‘तपाईंको त्यहाँ के भएको?’ एक बिरामीले नर्स इन्दिरा अधिकारीको घाँटीतिर देखाउँदै सोधे। उनले ठट्यौलो पारामा जवाफ फर्काइन्, ‘ओहो ! तपाईंले हेर्ने बित्तिकै पो यहाँ यस्तो भएछ नि !’
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी...
काठमाडौं : वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मण्डिखाटारबाट पक्राउ गरेको छ ।महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मालाई सोमबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार बर्माले विक्रम कार्कीसमेत...
काठमाडौं : नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ शुरु भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि १८ दिने तालिम शुरु भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको आरम्भ गर्दै नेपाल...
गत साउन २ गते साँझ ५ बजे काठमाडौं विमानस्थलबाट झन्डै सय किलो सुन बरामद भएपछि नेपालको विमानस्थलबाट त्यतिका मात्रामा सुन कसरी भित्र्याउन सकियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्यो।लगत्तै एमालेको युवा संगठनले सुन प्रकरणमा सरकार र विशेषगरी गृहमन्त्रीकै संलग्नता छ भनेर मसाल जुलुस पनि निकाल्यो। साउन ८ गते कम्बोडियाबाट फर्किँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि युवा संघकै पदचाप पछ्याउँदै...
नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आज संसद्लाई गराइने भएको छ।नेपालीलाई नक्कली भुटानी बनाएर शरणार्थी बनाउने प्रकरणमा रायमाझी असार १ गते पुर्पक्षका लागि थुनामा पठाइएका थिए।२०७९ को नियम २४८ को उपनियम (३) को व्यवस्थाअनुसार उनी त्यतिबेलै निलम्बित भए पनि आज संसद्लाई जानकारी गराइन लागिएको हो।त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल-सम्शीले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा राष्ट्रपति पौडेल र राजदूत सम्शीबीच दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा बितिसक्दा समेत सुरु हुन सकेको छैन। सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सरकारको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध कायम गर्ने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्ने...
धनगढी : कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको छ। हिजो आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र...
काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले नेपालमै मल कारखाना खोल्न माग गरेका छन्। तर, कृषि तथा पशुपंक्षी विकासमन्त्री नै यसका लागि तयार छैनन्। सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सदस्यहरूले सिजनमा सधैँ किसानलाई मल अभाव हुने गरेको भन्दै नेपालमै कारखाना खोल्न माग गरेका थिए। तर, उनीहरूको मागप्रति कृषिमन्त्री बेदुराम भुसाल तयार नदेखिएका हुन्।बैठकमा बोल्ने अधिकांश सांसदहरूले नेपालमा मल अभावको समस्या सधैँ...










