शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार...
काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन्। सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भई भलायखर्क भन्ने स्थानमा सडकमै पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।बसमा ७० यात्रु रहेको र ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख...
बीबीसी । लिबियामा त्सुनामी जसरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बताइएको छ। सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २,३०० जनाको ज्यान गइसकेको छ।डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री आँधीका कारण दुईवटा बाँध र चारवटा पुलहरू भत्किएका थिए।त्यसपछि सहरको धेरै भाग बाढी र डुबानमा परेका थिए।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेका थिए।केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो। ‘केन्द्रीय अनुशासन आयोगका...
भक्तपुर । भक्तपुर जिल्लाकै उत्कृष्ठ सहकारी मध्य एक युवा बचत तथा ऋण सहकारीले लम्पी स्किन रोगबाट पीडीत किसानलाई राहत दिने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा यसको मुख्य कार्यालय रहेको छ । संस्थाको कार्यक्षेत्र सोही नगरका विभिन्न वडा रहेका छन् ।युवा साकोसले रोगबाट पशु धनको क्षति भएका आफ्ना सदस्य किसानलाई प्रत्येक घर अनुसार राहत दिने संस्थाका...
काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।समितिका अनुसार नेपाली ठूलो गोलभेँडा प्रतीकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ६०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय ९० रुपैयाँ र आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौँला ३० कायम...
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खादै आएको बाघ नियन्त्रणमा लिईएको छ । निकुञ्जको टोलीले मध्यविन्दु नगरपालिका २ नन्दपुरबाट गएराती समातेको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिएको सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो ।चार दिनअघि नन्दपुरकै हेमकान्त चौधरीको गोठका दुईवटा गाईलाई सिकार गरेर मारेको हो । सोहि...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो । राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ ।राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा...
काठमाडौं । काठमाडौं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उदघाटन गर्नेछन् । एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो...
जनकपुर । हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ...










