बनेपा l चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । घटस्थापनाकै दिन टिपरको ठक्करबाट एकजनाको ज्यान गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कार्तिक २ गते विहान ५ बजेदेखि कार्तिक १३ गते राती ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।प्रजिअ शर्माको संयोजकत्व, जिल्ला...
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ : अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः...
काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शय्याको मातृ तथा शिशु अर्थात म्याटर्नल एन्ड चाइल्ड हेल्थ (एमसिएच) भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणको काम अझै सकिएको छैन। भवन निर्माण सम्पन्न भएर कहिले प्रतिष्ठानलाई हस्तान्तरण हुने भन्ने पनि अझै टुंगो लाग्न नै बाँकी छ। तर निर्माण सम्पन्न हुने टुंगो नै नलागेको उक्त भवनमा आइसीयूका लागि भन्दै एक वर्षअघि...
रुकुम पश्चिम : रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको र अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिए। मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक...
विराटनगर : जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन्। उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनका तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वसको मत दिने निर्णय गरेको बताएकी हुन्। राजनीतिक गन्धले जनप्रतिनिधि घृणित भएको अवस्था रहेको बताउँदै उनले भनिन्, ‘जनता हामी सांसदसँग आक्रोशित छन्। उनीहरू हामीलाई घृणित व्यवहार गर्छन्। यो हामीले नै बनाएका हौँ।‘उनले कोशी...
काठमाडौं : टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ। हालसम्म नेपालले चौथो सफलता हात पारेको छ। काठमाडौंको मुलपानीमा जारी खेलमा गुल्सन झाले युएई व्यक्तिगत दोस्रो विकेट लिएका हुन् भने करण केसी र सोमपाल कामीले एक एक विकेट लिएका हुन्।
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुशासन कायम गर्दै समृद्धि हासिल गर्नुपर्ने पनि बताएका छन्। प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बाताएका हुन्। उनले सांसदहरूले आफूलाई विश्वासको मत दिएर मध्यावधि निर्वाचनमा जान नदिने पनि बताए। ‘मध्यावधि निर्वाचनमा जान दिनु हुनेछैन भन्ने माननीयज्यूहरुप्रति विश्वास व्यक्त गर्दछु। प्रदेश प्रदेश नै हो। प्रदेशको स्वनिर्णय हुन्छ। यसमा हामी सक्षम छौं। हामीलाई...
पर्वत : बुधबार नवरात्रको चौथो दिन। दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको आज विधिपूर्वक पूजा आराधना गरिँदै छ। विशेषतः दशैँको बेलामा दर्शनार्थीहरूको निकै बाक्लो भिडभाड हुने बागलुङ भगवती मन्दिरमा बिस्तारै भक्तालुहरूको भीड बढ्दै गइरहेको छ। अष्टमी र नवमीको दिनमा सबैभन्दा बढी दर्शनार्थीहरू पुग्ने गरेको मन्दिरमा नवरात्रका दिनहरू बढ्दै जाँदा बिस्तारै दर्शनार्थीहरूको चाप पनि बढ्दै गइरहेको...
काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरूलाई हल्लाउने प्रयास भइरहेको बताएका छन् । आज नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण बिभागले भक्तपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरूले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताए ।उनले सङ्घीय कानुन बनाउने कुरामा हामी चुकेको...
काठमाडौं । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ। ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले दिएको जानकारी अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको छ। प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा...










