Home Blog Page 204
काठमाडौ । परराष्ट्र मन्त्रालयले  जारी गरेको विज्ञप्तिअनुसार रुसी सेनामा भर्ना भएका सात जना नेपालीहरुको मृत्यु भएको छ ।   ७ जनाको नाम र ठेगाना यस प्रकार छ ।मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको हो ।
भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रदेश प्रहरीका एसपी दिपक पोखरेलका अनुसार उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट गाडी खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको हो। बिहीबार बिहान करिब साढे १० बजेतिर भएको दुर्घटनामा थप सात जना गम्भीर घाइते छन्। सडकबाट चार वटा मोडहरू समेत कटेर जिप खोँचमा खसेका कारण...
नक्कली सुन धितो राखेर बैंकबाट चार करोड ऋण लिइ नतिरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको कञ्चनरूप नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो।कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४...
फागुन १७ गते २६ वर्षीय श्याम तेलीलाई दिउँसै पनि अन्धकार भएझैं लाग्यो। उनले आफ्ना हातबाहेक अरू कुनै दृश्य देखेका नै थिएनन्। अप्रेसन रूममा लैजाँदै गर्दा आफ्ना दुई हात नियाली मात्र रहे।उनले आफ्ना दुवै हातका औंलाहरू चलाउन प्रयास गर्थे तर चल्दैन थिए। तेलीलाई आफ्नो हात पूर्णरूपमा सग्लो देख्न पाउने अन्तिम दिन यही मात्र हो जस्तो लागिरह्यो। संभवतः त्यही भएर...
बैतडी : काठको गोलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ घर भएका सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक ४० वर्षीय लक्ष्मण चन्द रहेका छन्। अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई मेलौली नगरपालिका ७ हरिपुर बजारबाट ट्रक र काठसहित नियन्त्रणमा लिइएको हो। ट्रक र ५ थान सल्लाको...
काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रूपमा विचार नमिलेको स्विकारेकी छन्। बुधवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान् रेशम चौधरीसँग पार्टीगत रूपमा विचार नमिलेको खुलासा गरेकी हुन्।उनले आफू मन्त्री बन्नका लागि विश्वासको मत दिएको भन्ने कुरा गलत भएको...
रौतहट : रौतहटमा आगलागी भएर तीनवटा घर जलेर नष्ट हुँदा ७ लाख बराबरको क्षति भएको छ। रौतहटको राजदेवी नगरपालिकामा बुधबार साँझ आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलास राउत बरई, शत्रुधन साह र हृदय साहको घर जलेर पूर्ण नष्ट...
काठमाडौं : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले करिब ५ महिनाको छानबिनपछि आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो। विद्युतीय चुरोट (भेप) र सवारीसाधनका ब्रेक सुलगायतमा लुकाएर ल्याएको सुनसम्बन्धी छानबिन गरी संलग्नमाथि कारबाही सिफारिस गर्न सरकारले असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण निर्माण र नयाँ सरकार गठनको औचित्य काम गरेरै पुष्टि गर्ने स्पष्ट पारेका छन्। बुधबार संसद्‍मा विश्वासको मत माग्दै उनले भाषणबाट होइन, अब काम गरेरै नयाँ गठबन्धन निर्माणको प्रमाणित गर्ने बताएका हुन्।‘सरकार पुनर्गठन र नयाँ समीकरणबारे मैले यसअघि नै संक्षिप्तमा सदनलाई जानकारी गराइसकेको छु’, उनले भने, ‘अब यसको औचित्य भाषणबाट होइन, कामबाट...
नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन्।५५ वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा १७ वर्षीय युवक र उनकी श्रीमती ३७ वर्षीया जमुना...