Sunday, June 21, 2026
Home Blog Page 1898
कात्तिक ७, काठमाडौं । सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ ।राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो ।प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर ९प्रतिलाख जीवित जन्म० २३९ बाट १२५...
कात्तिक ७, नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रणका लागि ‘नागरिकसँग एक मिनेट’ कार्यक्रम सोमबारदेखि सञ्चालनमा ल्याएको छ । लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषधका विरुद्ध प्रहरीले एक महिनाका लागि बाटोमा हिँड्ने पैदल यात्री तथा अन्य सार्वजनिक ठाउँमा लागूऔषधविरुद्धको सचेतना अभियानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा...
कात्तिक ७, काठमाडौं । साझा यातायातले मंगलबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं चढेर उक्त बसको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन् । बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा भएको यस्तो उत्पादनले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक प्रभाव पार्र्ने बताए । उनले मुलुकमा पेट्रोलियम...
कात्तिक ७, जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् । बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् । मुख्यमन्त्रीकै अगाडि जंगिए दाहाल शिर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ...
कार्तिक ७, बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको आर्थिक सहयोग र केन्द्रिय समितिको व्यवस्थापनमा गलकोट नगरपालिका वडा नं ७ का ४ वटा धार्मिक स्थल र संस्थाको केन्द्रिय कार्यालयमा सोलार बत्ती हस्तान्तरण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार संयोजक सुवेदार टिका बहादुर थापाले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो...
कार्तिक ७, नगरकोट । काभ्रे र भक्तपुरको मुख्य पर्यटकीय गन्तव्य नगरकोट सडकको दायाँबायाँ सडक, वन र पर्ती सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाई व्यवसाय थाल्नेको संख्या अनियन्त्रित रूपमा बढ्दो छ  । काभ्रेको मण्डनदेउपुर र भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकीय क्षेत्र नगरकोटमा वर्षौंदेखि सडक, वन र पर्ती जग्गा अतिक्रमण गरी बनाइएका संरचना सम्बन्धित निकायले हटाउन सकेको छैन । नयाँ थपिँदै गएको संरचना वृद्धिलाई...
-जानु काम्बाङ्ग लिम्बु,न तिमीलाई बुझ्न सकें मैले न मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडिए पाईलाहरू उचालेर संकाको पहाड ।तिमीले चड्दै गयौ संकाको पहाड म डुब्दै गएँ धैर्यताको पोखरीमा बिस्तारै, हाम्रो दुरी हिमाल झैं अग्लिदै गयो ।माया प्रेमका सागर गहिरिंदै गयो हाम्रो बाचा, कसमहरू कोहि तिमी संगै भिर पहरामा अल्झिए कोहि म संगै वारि कोहि पारि भएर किनारा भरि छरिए ।बिछोडको करौंतीले जिन्दगी रेटिएपछि हामीले गाँसेको पिरतीको पुल पनि खोई कुन्नि...
कार्तिक ६, नयाँ पत्रिका दैनिकमा प्रकाशित रवि मिश्रको कार्टुन
नयाँ पत्रिका दैनिक- कार्तिक ६, काठमाडौं । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि निजी कम्पनीलाई छपाइको अनुमति दिइएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८...
कार्तिक ५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनि ट्रक भैंसेमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा ४ख ९०१७ नम्बरको मिनि ट्रक सडकमै पल्टिँदा दर्जन बढी घाइते भएका छन् । भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै पल्टिएको प्रत्यक्षदर्शीले बताए। एकको घटनास्थलमै मृत्यु भयो, बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको...