Saturday, September 26, 2026
Home समाज लागूऔषध नियन्त्रणका लागि नागरिकसँग एक मिनेट

लागूऔषध नियन्त्रणका लागि नागरिकसँग एक मिनेट

98

कात्तिक ७,
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध नियन्त्रणका लागि ‘नागरिकसँग एक मिनेट’ कार्यक्रम सोमबारदेखि सञ्चालनमा ल्याएको छ । लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषधका विरुद्ध प्रहरीले एक महिनाका लागि बाटोमा हिँड्ने पैदल यात्री तथा अन्य सार्वजनिक ठाउँमा लागूऔषधविरुद्धको सचेतना अभियानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिए ।उनले भने, ‘यो अभियान मानिसहरू आवत जावत गर्ने ठाउँ, सार्वजनिक ठाउँ, पैदल यात्रु र नगर बसका यात्रुलाई लक्षित गरी लागूऔषधका विभिन्न कानुनी अड्चन, त्यसले पु¥याउने सामाजिक, आर्थिक र अन्य बेफाइदाबारे प्रहरीले उनीहरूलाई सम्झाउने र विभिन्नखालको सचेतनामूलक पोस्टर, पम्पलेट, स्टिकर वितरण गर्ने गरी एक महिनाका लागि सञ्चालनमा ल्याइएको हो ।