Monday, September 21, 2026
Home पत्रपत्रिका चाउमिन खाएर मृत्यु भएका बालकको शव परिवारले बुझेनन

चाउमिन खाएर मृत्यु भएका बालकको शव परिवारले बुझेनन

97

नयाँ पत्रिका दैनिक
पुस २,
कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् । ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर मात्रै खानु भनेपछि झन शंका बढेको छिमेकी नन्दादेवी जोशीले बताईन् । उनका अनुसार बालकद्वय चाउमिन खाएर बिरामी पर्नु र सिताको घरबाट प्रहरीले विषालु पदार्थ फेला पार्नुले शंका झन बढको हो ।

मृतक बालकका आफन्तले महेन्द्रनगर बजार र महाकाली अञ्चल अस्पतालमा प्रर्दशन गर्दै दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । स्थानीयको दवावपछि प्रहरीले मृतक बालकका ठूलबाबु र आमालाई घरबाटै नियन्त्रणमा लिइसकेको छ । बालकको शव पोष्टमार्टका लागि अझै महाकाली अञ्चल अस्पतालमा राखिएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले सुक्ष्म अनुसन्धान भईरहेको बताए । ओझाले कर्तव्यज्यान अन्तरगत जाहेरी आएको बताए । घटनाका बारेमा अनुसन्धान जारी रहेको उनको भनाई छ ।