पुस २३,
बेझाड । रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटनामा संलग्न मनोज थापालाई गएराती पक्राउ...
नागरिक दैनिक/युवराज विवश
पुस २३, दमक । पूर्व–पश्चिम राजमार्गमा पर्ने दमक कृष्णमन्दिरबाट झन्डै ६ किलोमिटर धुलाम्मे बाटोको यात्रापछि दमक नगरपालिका–३, दापगाछी पुगिन्छ। त्यहीं ठाउँमा दुई वर्षअघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ तले भ्यु टावरको शिलान्यास गरेका थिए। खेतका बीचमा शिलान्यास गरिएको स्तम्भको माथिल्लो भाग हराइसकेको छ। त्यहाँसम्म पुग्ने मूल सडकको कालोपत्रे योजना योजनामै सीमित छ। ‘सडकै नबनिरहेको...
समाचारपत्र दैनिक/हिक्मत नेपाली,
पुस २३, सुर्खेत । आफुलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । उनीहरुले राउटे समुदायको सामाजिकीकरण अभियान अन्तरगर्तको कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् । मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालक देखि बृद्ध सम्मका पुरुषहरुलाई...
नेपाल समाचारपत्र
पुस २३, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदै छ । आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ । ...
पुस २२,
काठमाडौं । दशकौंदेखि अस्पतालमा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि शनिबारअमेरिकोको एरिजोनास्थित फिनिक्स प्रहरीले यौन हिंसा मुद्दामा अनुसन्धान अघि बढाएको छ । एक दशकअघि डुबेर असक्त भएकी ती महिला हेसिएन्डा हेल्थकेयर अस्पतालको कोमामा थिइन् । स्थानीय मिडियाका अनुसार डिसेम्बर २९ मा उनलाई गर्वको कारण प्रसव पीडा सुरु भएको थियो । रिपोर्ट अनुसार त्यस अघि कसैलाई पनि...
काठमाडौँ, २२ पुस : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ ।स्टकका अनुसार आज कूल...
काठमाडौँ, २२ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनुभएको छ । आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट सम्बन्धको विकास गरिरहेको दाबी गर्नुभयो ।राष्ट्रिय सञ्चार माध्यमका प्रमुखहरुसँग...
समाचार
प्रधानमन्त्री ; नीति तथा कार्यक्रम सदनको सर्वस्वीकृत हो त्यसैले यसको जस पनि सदनलेनै पाउनुपर्छ (सम्बोधनको पूर्णपाठ सहित)
कामाडौं २२ पुस: संसदमा आज संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई जवाफ दिदै भने, ‘ राम्रो कामको ज–जसले जस लिएपनि हुन्छ । नीति तथा कार्यक्रमम सदनको सर्वस्वीकृत हो । यसको जस पनि सदनले पाउनुपर्छ । यसमा कसको प्याटेन्ट राइट छैन । किन दन्तबझान गर्ने ? किन खिसीटीउरी गर्ने ?’ ओलीले आफ्नो कार्यकालमा गरेका राम्रा कामप्रति प्रतिपक्षले सहन...
काठमाडौं, पुस २२ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले हुकुमी शैलीमा संसद चलाउन खोजेको बताएको छ।आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबारे प्रश्नोत्तर गर्न माग गर्दा सभामुख महराले समय नदिएको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको वेल घेराउ र नाराबाजीपछि बैठक स्थगित भएको छ।बैठक स्थगित भएपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई वक्तव्य...
२२ पुस, काठमाडौं : संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ । समितिको आइतबार सिंहदरबारमा बसेको समितिको ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो ।समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सो विधेयक पारित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । पारित गरिएको विधेयकमा राष्ट्रिय...

