दोलखामा कुकुरले जुत्ता चप्पल चोरेपछि स्थानीयले गुहारे प्रहरी

216

फागुन १७,
दोलखा । जिल्लामा केही दिन यता अनौठो घटना घटेको छ । दोलखाको सदुमुकाम चरिकोटमा रातको समयमा एका एक घरमा राखिएका जुत्ता चप्पल हराए । त्यो समस्या एक दुई हुदैं धेरै घरमा घटेपछि स्थानीयहरुले प्रहरीका गुहार मागेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको फेसबुक पेजमा यस्तो विज्ञप्ति प्रकाशित भएको छ ।

रातको समयमा एक जोडी कुकुरले बिभिन्न घरबाट उठाई ल्याएका जुत्ता चप्पल फेला पारेको सम्बन्धमा……………………………….।
आफ्नो घर बाहिर राखिएका जुत्ता चप्पलहरु बिगत देखी हराईरहेको स्थानियहरुको गुनासो यस कार्यालयमा प्राप्त भएकोमा पत्ता लगाउने क्रममा अनौठो तथ्य प्रहरीले प्राप्त गरेको छ । एक जोडी कुकुर जिल्ला प्रहरी कार्यालय तथा आसपासको क्षेत्रमा घुमिरहेका हुन्छन् उनिहरुको अनौठो दिनचर्या नै सदरमुकाम स्थित बिभिन्न स्थानबाट जुत्ता चप्पल संकलन गरी जम्मा गर्ने गरेको पाईएको छ । त्यसरी फेला पारिएका जुत्ता चप्पलमा बच्चा-बच्चीले प्रयोग र्ने देखी लिएर खेलाडीले लगाउने बुट, स्पोर्टस सुज र लेडिज जुत्ता चप्पल सम्म रहेका छन् । हाल जिल्ला प्रहरीले त्यस्ता जुत्ता चप्पल २ बोरा संकलन गरी आफ्नो स्टोरमा सुरक्षित राखिएको छ । यदी कोही कसैको जुत्ता चप्पल हराएको भए यस कार्यालयमा सम्पर्क राख्न्न हुन समेत अनुरोध गरिन्छ ।