Home Blog Page 1692
चैत १३, काठमाडौँ -नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थप्ने विश्वास निजी क्षेत्रका उद्यमी व्यवसायीले व्यक्त गरेका छन् । सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्नसक्ने बताएका छन् । अनुभव,...
चैत १३, काठमाडौँ -पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यक्तिगत वा मानसिक शान्ति तथा सामाजिक शान्ति बहुआयामिक विधिबाट सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । भारतको केरला, त्रिवेन्द्रम पोथेनकोडमा भएको सन्तगिरि आश्रम हीरक जयन्तीका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले मानसिक शान्ति मैत्री, करुणा, दया, संयम, नम्रता, क्षमा, अहिंसा, प्रेम र अहङ्कारबाट तथा सामाजिक शान्ति सामाजिक न्याय र विकासबाट प्राप्त हुन सक्ने स्पष्ट गर्नुभयो ।...
चैत १३, काठमाडौँ, नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ ।सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५...
चैत १३, एजेन्सी, बेइजिङ -चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ । बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला यस्तो कुराको...
चैत १३, संयुक्त राष्ट्रसंघ -यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो ।यस आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय...
चैत १३ काठमाडौँ -आईपीएलको हिजोको म्याचमा दिल्ली क्यापिटल्स साविक विजेता चेन्नई सुपरकिङ्ससँग ६ विकेटले पराजित बन्यो । दिल्लीको पराजयका विभिन्न कारणमध्ये नेपाली लेगस्पिनर सन्दीप लामिछानलेलाई टिममा समावेश नगराउनु पनि हो त ? क्रिकेट विश्लेषक ब्राड हज दिप दासगुप्तासँग इएसपिएन क्रिकइन्फोले छलफल गरेको छ ।सन्दीपलाई टिममा समावेश नगरेर दिल्लीले कमजोरी गरेको हो त ? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा हजको...
चैत १३, घोराही -नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उहाँको जिकिर थियो । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा...
चैत १३, सप्तरी -एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । यसैगरी बमनगामा...
चैत १३,बीबीसी, काठमाडौँ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत 'युद्धको उन्माद'बाट ग्रसित भएको आरोप लगाएका छन्। फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका छन्। गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिँदा शान्तिका लागि वार्ताको आह्वान गरेका खानले संसद्‌मा बोल्दै "भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर आफूलाई...
चैत १३, राँझा -जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप...