Tuesday, July 7, 2026
Home Blog Page 1677
चैत २१, काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको छ । केन्द्र र प्रदेश सरकारबीच कतिपय कुरामा विवाद जारी रहेको अवस्थामा भएको यो छलफललाई महत्वका साथ हेरिएको छ ।छलफलका क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशनसमेत दिने...
कान्तिपुर दैनिक चैत २१, फेटा, बारा — फेटा गाउँपालिका–६ स्थित पुरैनियाका मन्जुर आलम बुधबार मध्याह्न देब्रे खुट्टा समात्दै स्वास्थ्य शिविर चाहर्दै थिए । खुट्टा सुन्निएको थियो । नेसनल मेडिकल कलेज वीरगन्जले लगाइदिएको पट्टी खोल्न उनी स्वास्थ्यकर्मीको खोजीमा थिए । घाउ पाकेको थियो । दुखाइ सहन नसकेर छटपटिएका थिए । शिविर पुगेर स्वास्थ्यकर्मीलाई घाउ सफा गरेर पट्टी फेरिदिन आग्रह गरे । तर स्वास्थ्यकर्मीले मानेनन् । जुन अस्पतालमा...
नेपाल समाचारपत्र चैत २१, काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ ।कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु...
नयाँ पत्रिका चैत २१, काठमाडौं । सिनामंगलस्थित हवाईइन्धन डिपोबाट मंगलबार दिउँसो २ बजे चोरी हुन लागेको दुई हजार लिटर हवाईइन्धनसहित कन्टेनर नियन्त्रणमा लिइएको छ । स्रोतका अनुसार श्री एयरलाइन्सले हेलिकोप्टरका लागि ६ हजार लिटर हवाईइन्धन खरिदको स्वीकृति निगमबाट लिएको थियो । तर, डिपोबाट आठ हजार लिटर हवाईइन्धन लोड भएको थाहा पाएपछि कन्टेनर सुरक्षा गार्डले कन्टेनर नियन्त्रणमा लिएका थिए । ६ हजार लिटर...
चैत २०, भक्तपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देशको विकाशका लागि शान्ति आवश्यक हुने बताएका छन् । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित बृहत एकिकृत घुम्ति सेवाको दुवाकोटमा बुधबार उद्धघाटन गर्दै मन्त्री थापाले भने ‘विकाशकोलागि सुशासन, शान्ति र स्थायीत्व आवश्यक हुन्छ’ । जुन समाजमा शान्ति र स्थायीत्व हुदैंन त्यो समाजले विकाश गर्न सक्दैन भन्दै उनले शान्ति र स्थायीत्व कायम गर्न सबैले भूमिका...
चैत २०, काठमाडौँ–सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ । सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस् स्याटलाइटले पठाउने सङ्केतका आधारमा सम्बन्धित स्थानीय वन अधिकारीलाई डढेलोको सूचना स्वचालित रुपमा दिने प्रणालीको विकास गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)...
चैत २०, काठमाडौँ– मङ्गलबार दोहोरो अङ्कको वृद्धि भएको शेयर बजार आज भने सामान्य अङ्कले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।धितोपत्र बजारमा आज कूल १७० कम्पनीका २०...
चैत् २०, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताले बहुमत दिएर पठाएको सरकार छ। यसले विकासमा स्पष्ट नीति लिन्छ। तिनै नीतिहरूको आधारमा योजना बनाउँने र कार्यान्वयन गर्ने बताएका छन् ।राष्ट्रिय योजना आयोगले तयार गरेको १५ औँ पञ्चवर्षीय योजना (२०७६/०७७ –२०८०/८१ )को प्रस्तावित आधार पत्रलाई पारित गर्न बसेको राष्ट्रिय विकास परिषद्को बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि दलहरुबीच समझदारी र...
चैत २० काठमाडौँ -पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालयदेखि विश्वविद्यालयसम्म व्यवसायिक शिक्षामा प्राविधिक शिक्षा, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताएका छन्।बुधबार राजधानीमा सुरू भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्षले भने, ‘हामीले २५ वर्षसम्मको योजनामा विचार गर्दा अब कस्तो जनशक्ति तयार पार्ने भन्ने कुरालाई सबैभन्दा माथि राख्नुपर्दछ...
चैत २० काठमाडौँ -आइतबार आएको विनाशकारी अधीहुरीको अध्ययन गर्न मौसमविद्को टोली बारा र पर्सा जिल्ला जाने भएको छ । सानो क्षेत्रमा मात्रै विनाश गर्ने गरी आएको आँधीहुरी असामान्य रहेकाले यस विषयको अध्ययन गर्न मौसमविद्को टोली त्यता जाने महाशाखाका मौसमविद् विभूति पोखरेलले बताए ।आइतबारको आँधीहुरी नेपालका सन्दर्भमा पहिलो ‘एक्सट्रिम केस’९चरम स्थिति० भएको मौसमविद्को भनाइ छ । सानो क्षेत्रमा मात्र यो प्रणाली...