Thursday, July 9, 2026
Home Blog Page 1650
बैशाख ४, नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ । त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ...
बैशाख ४ सोल । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ ।सो अपार्टमेन्टको...
बैशाख ४ काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले सिराहाको लाहानमा शाखा सञ्चालनमा ल्याएको छ । शाखा कार्यलयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको सभापतीत्वमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्य बाट सम्पन्न भएको हो । लाहान शाखा उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र...
वैशाख ४ काठमाडौँ -चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ को रु दुई अर्ब ८९ करोड ४२ लाख १९ हजार थप भई चालू आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बेरुजु रु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार पुगेको हो...
बैशाख ४, एजेन्सी, वासिङ्टन – साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गरेको यो दोस्रो विशेषाधिकार हो । अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप...
बैशाख ४,एजेन्सी काठमाडौँ -अन्तरिक्षमा करिब एक वर्ष विताएका नासाका अन्तरिक्षयात्री स्कान्ट केलीको डिएनए परिवर्तन भएको छ । उनले पृथ्वीको परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३४० दिन बिताएर तीन वर्ष पहिलो फर्किएका थिए । नासाका अनुसन्धानकर्ताका अनुसार बिहिबार अन्तरिक्षको कक्षमा बसिरहेको सयममा केलीको शरीरमा कयौँ परिवर्तन भइरहेको थियो । उनका केहि कोशिकाहरुमा डिएनए परिवर्तन भएका छन् । उनको प्रतिरक्षा प्रणालीले...
वैशाख ४ काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । भूमाफिया र सरकारी कर्मचारी मिलेर सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ । विवेकशीलले भने बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो ।तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका...
बैशाख ४, काठमाडौं । भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक गरिएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न सक्ने छैनन् । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएकाले नयाँ प्रयोगकर्ताहरुले डाउनलोड गर्न सक्ने छैनन् ।यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको मद्रास उच्च...
काठमाडौं, वैशाख ४ नेपाल समाचार पत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान पौने १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो। पाँच महिना श्रेष्ठको मृर्गौलाको र नाक शल्यक्रिया गरिएको थियो। त्यसपछि जिबिएस भाइरस भएको थाहा भएको थियो। भारतको मेदान्त र राजधानीका विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो तर रोग निको भएन।कामना...
बैशाख ४, हेटौँडा – गृहमन्त्री रामबहादुर थापाले हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता प्रक्रिया भइरहेको बताएका छन् । गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा उनले हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे । संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताए । ...