वैशाख २०, काठमाडौं । खर्चमा मितव्ययिता अपनाउने बताउँदै आएको ओली सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सीसी क्यामेरा जडान गर्न १ करोड रुपौयाँ निकासा गरेको छ । ‘प्रचलित कानूनी प्रक्रिया पूरा गरी खर्च गर्ने गरी’ भन्दै अर्थ मन्त्रालयले ‘भौतिक सुविधा’ शीर्षकमा १ करोड रुपैयाँ निकासा गरेको हो । यो रकम विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा निकासा गरिएको छ ।त्यसैगरी...
वैशाख २०,
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले चक्रवात ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै रहेको जनाएको छ । महाशाखाले आज (शुक्रबार) बाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको जनाएको छ । महाशाखाले एक बुलेटिन जारी गर्दै यो प्रणाली फेरी उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने जनाएको छ ।महाशाखाले हिमाली क्षेत्रमा...
वैशाख २०,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै,...
बीबीसी, वैशाख २०,
काठमाडौं । सअघि कुखरा र पन्छीमा मात्र देखिने गरेको बर्ड फ्लू नेपालमा पहिलोपटक मानिसमा पनि देखिएको छ । बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु भएसँगै मानिसमा पनि बर्ड फ्लू भेटिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरि यसको औपचारि जानकारी गराएको छ । आखिर बर्ड फ्लू के हो, यसका लक्षण कस्ता हुन्छन्...
बीबीसी, वैशाख २०,
काठमाडौं । शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको छ। भारतको मौसम विभागका अनुसार फानी ओडिशाको पुरीमा आइपुगेको छ। फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै १० लाख मानिसलाई सुरक्षित...
वैशाख २०,
काठमाडौं । सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ ।सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष...
नयाँ पत्रिका
बैशाख २०, नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट आएको चामल बाटोमै बिक्री गरिएको छ,...
नयाँ पत्रिका
बैशाख २०, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठनात्मक पद्धतिको...
नेपाल समाचारपत्र
बैशाख २०, दुल्लु । तत्कालीन सिंजा राज्यकालको समयमा राजारानीले नुहाउने ढुङ्गेधारा उत्खनन गरिएको छ । दुल्लु नगरपालिका–५ मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुङ्गेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखेर थालिएको उत्खननपछि धारा भेटिएको हो । दुल्लु नगपालिका–५ को बजेटबाट चैतको दोस्रो हप्तादेखि शुरु गरिएको उत्खनन सकिएको छ । उत्खननपछि एउटै ढुङ्गाबाटै धारालगायतका ऐतिहासिक कलात्मक कपडा फेर्ने ठाउँ पनि ढुङ्गाबाटै बनाइएको...
बैशाख १९,
काठमाडौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बिहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने बताएका हुन् ।उनले...




