अर्घाखाँची जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

249

असार १९,
अर्घाखाँची । गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने छ जना घाइते छन्।मृत्यु हुनेमा तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ।६ जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ। बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सड्कको उकालोमा दुर्घटना भएको हो।जीप सड्कबाट ६०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ।

मृत्यु भएकाको भने पहिचान खुलेको छैन। उकालो बाटोमा गाडिको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले बताएको छ । जीपमा १० जना सवार थिए।