Monday, August 3, 2026
Home Blog Page 1307
असोज ३, काठमाडौ । धानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा समय व्यतित गर्ने फुर्सदिलो युवाहरुको आफूलाई चिन्ता भएको बताएका छन्। संविधान दिवसको अवसरमा टुँडिखेलबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले 'केही फुर्सदिलो युवा पंक्तिले रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा समय व्यतीत' गरेको बताएका हुन्। उनले मुलुकमा अहिले ३४ वर्ष मुनिको जनसंख्या ६५.५ प्रतिशत रहेको उल्लेख...
एजेन्सी, असोज ३, लण्डन । बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सबैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ । राष्ट्रिय धुम्रपान अध्ययनको...
असोज ३, अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ ।प्रहरीले विस्फोट गराउने समूहको खोजी...
असोज ३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका...
असोज ३, काठमाडौं । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् । संयुकत अधिराज्य ९बेलायत०की महारानी एलिजाबे द्वितीयाले पनि संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेकी छन् । महारानी एलिजाबेथले एक सन्देशमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई संविधान दिवसको...
असोज ३, काठमाडौं । विप्लव नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भिम बहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति गौशाला नगरपालिका वडा नम्बर ८ स्थित घरबाटै पक्राउ गरेको जिप्रका महोत्तरीले जनाएको हो ।सेक्रेटरी आले माथि विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । उनिमाथि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप समेत लगाइएको छ । यसअघि सोहि आरोपमा...
अशोज ३, धादिङ । दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो । सडक जाम कम गराई यात्रुलाई छिटो गन्तव्यमा पुग्ने अवस्था सिर्जना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए...
असोज ३, काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो। संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको...
असोज ३,काठमाडौं । गायक शिव परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार युट्युबमार्फत् ‘भेट हुदाँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ पनि भनिएको छ । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।गीतको भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी...
अन्नपूर्ण पोष्ट असोज ३, काठमाडौं । जनताका प्रतिनिधिले पहिलोपटक बनाएको संविधानमाथि चुनौती थपिँदै छन् । संसद्भित्र र बाहिरबाट संविधानमाथिका प्रहार रोकिएका छैनन् । संविधान जारी गर्दा संविधानसभा बहिष्कार गर्दै बाहिरिएका मधेस केन्द्रित दल संशोधन भए मात्र स्वीकार गर्ने अडानमा छन् । संविधानप्रति असन्तुष्टि जनाएरै सरकारमा सहभागी समाजवादी पार्टीले खुलेर संविधानको स्वागत गर्न सकेको छैन ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपा संविधानको विरोधमा...