विप्लव नेकपाका महोत्तरी सेक्रेटरी आले पक्राउ

184

असोज ३,
काठमाडौं । विप्लव नेतृत्वको नेकपाका महोत्तरी सेक्रेटरी भिम बहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति गौशाला नगरपालिका वडा नम्बर ८ स्थित घरबाटै पक्राउ गरेको जिप्रका महोत्तरीले जनाएको हो ।

सेक्रेटरी आले माथि विस्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । उनिमाथि बर्दिवास नगरपालिकामा कुकर बम राखेको आरोप समेत लगाइएको छ । यसअघि सोहि आरोपमा महोत्तरीका इन्चार्ज रुप बहादुर कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।