Monday, August 3, 2026
Home Blog Page 1304
असोज ४, काठमाडौं । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको वार्तामा सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएपछि कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच सहमति जुटेको हो। शुल्क फिर्ता गर्ने कलेज सहत भएसँगै विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै...
असोज ४, नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो...
असोज ४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ । जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउवा र सचिव रवीन्द्र श्रेष्ठ चयन भएका छन् भने ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिवमा चयन भएका छन् । यता पोखरा महागरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन...
असोज ४, काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहा नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ ।शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ९बाबा० लगायतका धार्मिक...
असोज ४, भक्तपुर । महानगरीय प्रहरी बृत थिमीले चोरीका मोटरसाइकल सहित केही व्यक्तीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र बृतको टोली ७ जनालाई सिन्धुपाल्चोक र भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरिय प्रहरी वृत्त थिमीका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । प्रहरील बुधबार सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोकका २४ वर्षीय बिजय नेपाललाई सोही...
कान्तिपुर दैनिक असोज ४, काठमाडौँ — गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६ सय दरबन्दी थप्न सिफारिस गरेको छ । ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २ उपरीक्षक (एसपी) सहित ३ हजार ५ सय ९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’ ९ओएनएम० नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको...
राजधानी दैनिक असोज ४, काठमाडौं। संघीय शासन प्रणाली सफलताको मुख्य आधार मानिएको स्थानीय तह समस्या नै समस्याले ग्रसित हुन थालेको छ । देशले चौथो संविधान दिवस मनाइरहँदा मुलुकका ७५३ वटामध्ये अधिकांश स्थानीय तह समस्याले ग्रसित पाइएको हो । स्थानीय तहका जानकारहरूका अनुसार संविधानको मर्मअनुसार स्थानीय तह चल्न सकेका छैनन् । जनप्रतिनिधिहरूले जनताको कामलाई उच्च प्राथमिकता दिन सकेका छैनन् भने...
नागरिक दैनिक असोज ४, दाङ । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्वशिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि ०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको मासिक तलब ३६ हजार तोकियो ।पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि...
असोज ४, भक्तपुर । सौन्र्दय प्रतियोगिताको रुपमा रहेको मिस भक्तपुरको तेस्रो संस्करण आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल इभेन्ट म्यानेजम्यान्टका अध्यक्ष तथा मिस भक्तपुर कार्यक्रमका संयोजक अरुण कवेले यहिँ असोज ११ गते प्रतियोगिताको फाइन हुने जानकारी दिएका छन् । ३३ जना प्रतिपर्धी मध्येमा १४ जना छनौट गरिएको र उक्त १४ जनालाई आगामी ११ गते...
असोज ४, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ । असोज १२ गतेदेखि २१ गतेसम्म सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूको सुब्बा पाखामा शतचण्डी ज्ञान महायज्ञ लगाएर मन्दिरको निर्माण गर्ने तयारी भएको छ । उक्त नवरात्रमा वैष्णोदेवी महोत्सव सञ्चालन गरिने शुक्रवार रफत सञ्चार क्लबमा...