मिस भक्तपुरको तेस्रो संस्करण हुदैं

440

असोज ४,
भक्तपुर । सौन्र्दय प्रतियोगिताको रुपमा रहेको मिस भक्तपुरको तेस्रो संस्करण आयोजना हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल इभेन्ट म्यानेजम्यान्टका अध्यक्ष तथा मिस भक्तपुर कार्यक्रमका संयोजक अरुण कवेले यहिँ असोज ११ गते प्रतियोगिताको फाइन हुने जानकारी दिएका छन् ।
३३ जना प्रतिपर्धी मध्येमा १४ जना छनौट गरिएको र उक्त १४ जनालाई आगामी ११ गते अन्तिम छनौटमा लगिने आयोजकले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भक्तपुरको योयो बैक्वेटमा प्रतियोगितलाई माछापुच्छ्र्रे बैंक लिमिटेड, वेभ ग्रुप र व्रिज वाटर कलेजले सहयोगले गर्ने आयोजकले जनाएको छ ।

१४ जना प्रतिपर्धीमा विजेता वा प्रथम हुनेलाई स्कुटर, दोस्रो हुनेलाई ल्यापटप र तेस्रो हुनेलाई मोवाइलको साथमा गिफ्ट हेम्पर, एक जनालाई होण्डाको व्राण्ड एम्बेष्टर बनाउने र १० जनालाई गिफ्ट हेम्पर सहित अवार्ड प्रदान गरिने संस्थाका सचिव राज थापाले जनाएका छन् । उक्त कार्यक्रमबाट मुनाफा भएको केही रकम भक्तपुरमा सडक मानव मुक्त बनाउने अभियान सञ्चालन गरी भक्तपुरको चाँगुनारायण यातु महादेव नजिकै आफ्नो कार्यालय सञ्चालन गरिरहेको मानव कल्याण सेवा घरलाई केही सहयोग गर्ने बताइएको छ । मिस भक्तपुर पहिलो संस्करणमा एलिना खड्का र दोस्रोमा रोसिका देउजा विजेता भएका थिए ।