असोज १२
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालीहरुका मुख्यपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि एक लाख जनालाई निम्ता गर्ने भएको छ । नेकपाले असोज २९ गते भृकुटीमण्डपमा मध्यान्ह १२ देखि साँझ ५ बजेसम्म चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान आयोजना गर्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चियापान...
असोज १२,
काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई...
असोज १२,
एजेन्सी
वासिङ्टन । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ ।ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरुले जनाएका छन् । बाल्टीमोर प्रहरीले जारी गरेको वक्तव्यमा छुरा प्रहार गर्नेको साथबाट...
एजेन्सी, असोज १२,
काठमाडौं । इन्डिया टुडेको माइन्ड रक्स २०१९ मा बलिउडकी क्विन भनेर चिनिने कंगना रनौतको पनि उपस्थिती रह्यो । उक्त कार्यक्रममा कंगनाले आफ्ना जीवनमा थुप्रै अनुभवबारे कुराकानी गरेकी छिन् । कंगनाले आफ्नो पहिलो चुम्बन बारे पनि खुलासा गरिन् । पहिलो पटक चुम्बन गर्दा उनको मुख ‘फ्रिज’ भएको बताएकी थिइन् ।कार्यक्रमका होस्ट सुशान्त मेहताले कंगना रनौतसँग सोधे, ‘के...
एजेन्सी,असोज १२,
बेइजिङ । चीनमा बस र ट्रक ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। पूर्वी जियाङ्सु प्रदेशको च्याङचुन(सेनजेन एक्स्प्रेस वेमा आइतबार बस र ट्रक ठोक्किएका हुन्। ट्रकमा तीन जना मात्रै सवार थिए। चिनियाँ प्रहरीका अनुसार बसको अगाडिको बायाँ टायर पञ्चर भएपछि ट्रकसँग ठोक्किएको हो।दुर्घटनामा परी नौं जना गम्भीर घाइते भएका छन् भने २६ जना सामान्य...
असोज १२,
चितवन। त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउनुहुन्छ । सडक मर्मत...
असोज १२,
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाममा नक्कली फेसबुक खाता खोलिएको भन्दै मुख्यमन्त्रीको सचिवालयले ध्यानाकर्षण जनाएको छ। मुख्यमन्त्री शाहीको नाममा बनाइएको नक्कली खाताबाट अवाञ्छित क्रियाकलाप भइरहेको सचिवालयले जनाएको छ।सामाजिक सञ्जालको दुरूपयोग गरी मुख्यमन्त्रीको चरित्र हत्या गर्नुका साथै आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्देश्यका साथ कसैले उनको नाममा खाता खोलेको हुनसक्ने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले बताए।उनका...
असोज १२,
काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरू चरणवद्ध आन्दोलनमा उत्रिएका छन्।
विभिन्न नौ बुँदे मागसहित विगत पाँच महिनादेखि शान्तिपूर्ण संघर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणवद्ध आन्दोलन थालेका हुन्।
उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन्। आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्कासन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर...
असोज १२,
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल...
असोज १२,
काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटकीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो ।बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार...










