एजेन्सी, असोज १२,
काठमाडौं । इन्डिया टुडेको माइन्ड रक्स २०१९ मा बलिउडकी क्विन भनेर चिनिने कंगना रनौतको पनि उपस्थिती रह्यो । उक्त कार्यक्रममा कंगनाले आफ्ना जीवनमा थुप्रै अनुभवबारे कुराकानी गरेकी छिन् । कंगनाले आफ्नो पहिलो चुम्बन बारे पनि खुलासा गरिन् । पहिलो पटक चुम्बन गर्दा उनको मुख ‘फ्रिज’ भएको बताएकी थिइन् ।
कार्यक्रमका होस्ट सुशान्त मेहताले कंगना रनौतसँग सोधे, ‘के तपाईंलाई आफ्नो पहिलो चुम्बनबारे थाहा छ।। कहिले र कहाँ रु किनभने पहिलो चुम्बन कहिले पनि बिर्सदैनँ ।’ कंगनाले यो प्रश्नको जवाफमा भनिन्, ‘म त आफ्नो हातमा चुम्बन गर्ने अभ्यास गर्थेँ । मेरो पहिलो चुम्बन जादुमय भएन । मेरो त अनुभव निकै खराब थियो । मेरो मुख फ्रिज भएको थियो । ती युवकले मलाई आफ्नो मुख चलाउन भनिरहेका थिए ।’