असोज १३,
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दशैंमा मासुको कुनै अभाव नहुने आश्वस्त पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले दशैंमा देशभरि कतैपनि मासुको अभाव नहुने स्पष्ट पारेका हुन् । उनले भने,‘काठमाडौं उपत्यकामा मात्रै ५५ हजार खसी बोका आवश्यकत्ता हो, ४० हजार खसी बोका आउने भैसके । अब हामीलाई...
असोज १३,
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन् । सत्तारुढ नेकपा कांग्रेसका विरुद्ध गुण्डाराजको शैलीमा उत्रन थालेको आरोप पनि लगाए । कांग्रेसका विरुद्ध उत्रिनेहरु समाप्त भएर गएको उल्लेख गर्दै कोइरालाले अब कम्युनिस्टहरुको दिनगन्ती शुरु भएको पनि बताए ।कम्युनिस्टको राज्य आतंक सिर्जना गरेका बताएका कोइरालले त्यसविरुद्ध एकजुट भएर प्रतिकार...
असोज १३
काठमाडौं । युनाइटेड अरब इमिरेट्स ९युएई० को दुबईमा गाडी दुर्घटना हुँदा एक नेपालीसहित ८ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासले मृत्यु हुने मध्ये एकजना नेपाली नागरिक समेत रहेको पुष्टि गरेको छ । दुबई प्रहरीका अनुसार अन्य मृतक एसियाली राष्ट्रका रहेको र दुर्घटनामा पर्नेहरु सबै एसियाली देशका नागरिक भएको बताएको छ ।स्थानीय समयअनुसार विहान...
असोज १३,
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो ।कम्पनीले काठमाडौँमा कार्यक्रमको आयोजना...
असोज १३,
रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङस्थित जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । बस खोलामा खस्दा चालक २२ वर्षीय यमलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय सूर्यलाल जीएमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
एजेन्सी, असोज १३,
काठमाडौं । चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ ।
दैनिक आवश्यकताको सामाग्री उत्पादन हुने यस कारखानामा स्थानीय समयानुसार आइतबार मध्यराती १:२० मा आगलागी शुरु भएको बताइएको छ ।स्थानीय समयानुसार सोमबार बिहान ६ बजे आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले जनाएको छ । यस...
असोज १३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए ।खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’...
असोज १३,
काठमाडौं । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ। राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन्। खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु देशव्यापी रुपमा सुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थियो। यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ।खानेपानी मन्त्रालयले...
असोज १३,
चितवन । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न...
असोज १३
कैलाली । नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचनाका आधारमा सोमबार ११ बजे बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३० हजार ७७० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब...










