असोज १४,
काठमाडौं । संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको विषयमा महिलाले हाम्राकुरा सामु भिडियो अन्तर्वार्ता दिएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप ति महिला कर्मचारीको छ।
जवर्जस्ती करणीको गम्भीर आरोप लागेका सभामुख महराले भने आफूले कुनै गलत काम नगरेको बताए। उनले भने, ‘पारिवारिक साथी जस्तो उनको घरमा पहिला पनि जान्थे आइतवार पनि गएको थिए। तर बाँकी कुरा भने भेटेर कुरा गर्छु।’ हाम्रा कुराडट कमले प्रकाशित गरेको समाचार र भिडियो अनुसार महराले त्यसो भनेपनि पिडितसँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएका थिए। उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले देखाएकी थिइन। -हाम्रा कुरा डटकम