Friday, August 7, 2026
Home Blog Page 1246
नागरिक दैनिक कार्तिक १४, विराटनगर । पूर्वका उद्योगले कच्चा पदार्थको आयात कटौती गर्न थालेका छन् । स्टिल उद्योग, स्प्रिट, साबुन उद्योगलगायत ठूला उद्योगले कच्चा पदार्थ आयात कटौती गर्न थालेका हुन् । सरकारले अव्यावहारिक रुपमा कर लगाउँदा भारततर्फ वस्तु निर्यात गर्ने अवस्था नरहेको र भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नसमेत नसक्ने अवस्था भएपछि उत्पादन कटौती गर्नुपरेको मोरङका उद्योगीले बताएका छन् । विशेष...
अन्नपूर्ण पोष्ट कार्तिक १४, काठमाडौं । उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ। मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा...
अन्नपूर्ण पोष्ट कार्तिक १४, काठमाडौं । अमेरिकी राजदूत र्‍यान्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि शुभकामना दिइन्। बेलायती राजदूत रिचार्ड मोरिसले भने अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामै शुभकामना दिए। अमेरिकी राजदूतले कार्यकालको पहिलो वर्ष पूरा भएको खुसी ट्विटरबाट बाँडेको भोलिपल्टै तिहारको शुभकामना दिए। उनले कुकुर तिहारको दिन निवासमा कुकुरलाई माला...
कान्तिपुर दैनिक कार्तिक १४, काठमाडौँ — २०७६ साउन १५ गते बिहान ६ बजे । अध्यागमन अधिकृत कमलप्रसाद पराजुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रस्थान कक्षमा आफ्नो ड्युटी सम्हाल्न पुग्छन् । विदेश जानेहरूको लाइनमा मिसिएका छन्, प्रभुत्वराज र सम्पन्नता ९परिवर्तित नाम० । लाइन अगाडि बढ्दै जाँदा अध्यागमन अधिकृत पराजुलीको संकेतअनुसार दुवै जना उनको डेस्कमा पुग्छन्, पराजुलीले तत्काल पासपोर्टमा छाप हानेर प्रस्थान अनुमति दिन्छन् । सीसीटीभी फुटेजमा...
कान्तिपुर दैनिक कार्तिक १३, काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री...
कार्तिक १३, ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको चेराममा रहेको होटल ब्लु शिपका सञ्चालक दावा छिरिङ भोटेलाई गत असोज २९ गते साँझ एक पर्यटन सहयोगी (भरिया)ले चिट्ठी दिए। चिट्ठीमा अक्टोबर १९ र २० का लागि चार वटा डबल रुम राखिदिन आग्रह गरिएको थियो। विज्ञान र प्रविधिको विकाससँगै चिट्ठीको चलन घट्दै गएको समयमा करिब तीन हजार ९००...
कार्तिक १३, काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले...
कार्तिक १३, काठमाडौँ — गोकर्ण ६ माकलवारीमा सोमबार साँझ १८ वार्षीया युवतीमाथी बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आरआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपाटीबाट राईलाई पक्राउ गरेको हो। बौद्द बृत्तका डिएसपी रमेश सिंहले पीडित किशोरीको किटानी जाहेरीपछि राईलाईपक्राउ गरेको बताए। प्रहरीले युवतीको स्वास्थ्य...
कात्तिक १२, आफू मातहतको पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको भाइटीका मंगलबार रहेको उल्लेख हुँदाहुँदै सरकारले नै यो वर्ष नेवार समुदायको भाइटीकाका लागि छुट्टै विदा दिएको छ बुधबार। अर्थात् यो वर्ष भाइटीका दुई दिन मनाइँदैछ। समितिको पञ्चाङ्ग अनुशरण गर्नेले मंगलबार र विशेषगरी नेवार समुदायले बुधबार। सरकारी जागिरमा रहेकोहरूका लागि एकदिनको विदा फाइदा भएको छ। सरकारी पात्रोमा मंगलबार ४ घडी ५...
कात्तिक १२, तनहुँ : तनहुँका युवाहरु फूल खेतीतर्फ आकर्षित भएका छन्। कम लागानीमा छिटो र उत्पादन राम्रो हुनका साथै आम्दानी मनग्य भएपछि युवाहरु आकर्षित भएका हुन्। विदेशमा गएर श्रम गरेजस्तै यहाँ पनि गर्न सके आयआर्जन हुन्छ भन्ने कुरा युवाहरुले बुझ्न थालेका छन्। त्यस्तै, भएको अहिले शुक्लागण्डकी नगरपालिका–८ डहरेका युवाहरुमा। वैदेशिक रोजगारी छोडेर अहिले सामूहिक रुपमा कृषि, पशुपालन र...