Tuesday, August 4, 2026
Home Blog Page 1210
पुस २३, काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई नियन्त्रणमा लिएको हो । सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए । आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
पुस २३, काठमाडौं । बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ घुस मागेको उनले बताएका हुन् । आयोगको उपध्यक्ष पदमा भएपनि आफुले नेता तथा उपल्लो...
पुस २३, भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री बनेपछिकाम गरिदिनु प¥यो भन्दै कमिशन दिन आउँछन, मैले नाम डायरीमा लेख्ने गरेको छु । ’सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै...
पुस २२, काठमाडौं । अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा रडाको जारी छ। इन्डो प्यासिफिक रणनीतिकै अंग हो कि होइन भन्‍ने विवादमा नेकपा फसिरहँदा अमेरिकाले भने यस परियोजनासँग जोडिने १० जिल्लामै सार्वजनिक सुवाइ गरिसकेको छ। अमेरिकाले एमसिसी परियोजना अन्तर्गतको आयोजना प्रभावित १० जिल्लाका ३० वटा स्थानीय तहका जनतासँग प्रत्यक्ष छलफल गरिसकेको हो। यसबारेको...
पुस २२, एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो। अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै अक्षय गुप्ता, पवन गुप्ता, विनय...
पुस २२, काठमाडौं । केही सातायता इरान र अमेरिकाबीच तनाव चुलिँदै गएपछि मध्यपूर्वमा रहेका नेपालीको अवस्थबारे सरकारले चासो लिएको छ। यसबीच सरकारले इराकमा रहेका नेपालीलाई उद्धारको तयारी गरेको जनाएको छ। मंगलबार गरिएको पत्रकार सम्मेलनमा इराकमा रहेका नेपालीलाई ुरेस्क्युु गर्ने योजना बनाइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताएका छन्। उनका अनुसार परराष्ट्र मन्त्रालयको अगुवाइमा ुएक्टिभु टोली...
पुस २२, काठमाडौं । काठमाडौको बौद्धमा प्रहरीले तयारी १५ सय लिटर र कच्चा पदार्थ ५५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार बौद्धस्थित नागेश्वर गल्ली एरियामा अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा सो मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी नायव उपरिक्षक रमेशबहादुर सिंह समेत...
पुस २२, काठमाडौ । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि अन्याय हुँदा...
पुस २१, काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौंको न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका भित्र हुण्डी कारोबार गर्ने गिरोह नै सक्रिय रहेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ इन्द्रचोक बस्ने ४० वर्षीय गोपाल अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची घर भएका ३१ वर्षी भोला...
पुस २१, काठमाडौं । उडानका क्रममा एउटा विमानले धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि विमानस्थल परिसरमा ठूलै हल्लीखल्ली मच्चियो । क्यानाडाको मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान भरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएपछि जोखिममा परेको थियो । विमानभित्रकै एक यात्रीले धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई क्यामेरामा कैद गरिरहेका थिए । संयोगवस उनले विमानको चक्कालाई नै फोकस गरेर दृष्य कैद गरिरहेका...