काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला सुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज र भोलीसम्म भेला संचालन हुनेछ ।भेलामा केन्द्रीय कमिटीका सदस्यदेखि प्रदेश, जिल्ला तथा पालिका तहका पदाधिकारी र प्रतिनिधिहरू सहभागी हुँदैछन् । भेलामा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहनेछ ।














