साथी । सक्कली र नक्कली साथी चिन्न निक्कै गार्हो छ। जिन्दगीमा धेरै साथी भेटिन्छन् तर असली साथी चिन्न भने सजिलो छैन । तपाईंका लागि हरदम जे गर्न पनि तयार हुने व्यक्ति नै तपाईको असल साथी हो । यहाँ केही यस्ता कुरा बताउँदैछौं जसबाट तपाईं असली र नक्कली साथी छुट्ट्याउन सक्नुहुन्छ ।
असल साथीले तपाईंलाई हमेसा प्रोत्साहन गर्ने मात्र नभएर तपाईको हरेक कदममा साथ दिन्छ । हरेक व्यक्तिमा कुनै न कुनै बेवकुफी हुन्छ । तर साँचो साथीले बेवकुफीका बावजुद पनि तपाईंलाई माया गर्छ ।
कहिलेकाहीँ तपाईं नराम्रो काम गरेर फस्नुहुन्छ । यस्तो बेलामा तपाईंका नक्कली साथीहरूले तपाईंलाई डुबाइदिन्छन् । तर सक्कली साथीले तपाईंलाई अप्ठ्यारोबाट निकाल्न मदत गर्छ र माफ पनि गरिदिन्छ । तपाईं गलत नै भएपनि सच्चा साथीले तपाईंको साथ र हात कहिल्यै छोड्दैन ।
समय संगसंगै तपाईंको रुचि परिवर्तन हुन्छ । नक्कली साथीले तपाईंको नयाँ रुचिलाई मजाकमा उडाइ दिन्छन् । तर साँचो साथीले तपाईंको नयाँ रुचिमा समर्थन जनाउँछ ।
तपाईंको खराब बानी छ भने सच्चा साथीले त्यसलाई सुधार्न सहयोग गर्छ । नक्कली साथीहरू तपाईंसँग काम परेमा मात्र सम्पर्क गर्छन् । तर सच्चा साथीले तपाईंसँग कुनै पनि बेलामा सम्पर्क गर्न सक्छन् किनकि उनीहरू तपाईंको जिन्दगीमा के के भइरहेको छ जान्न चाहन्छन् ।
साँचो साथीले तपाईंलाई व्यस्त समयतालिकाका बाबजुद पनि भेट्छन् ।सच्चा साथीले तपाईं निराश र उदास हुँदा सहारा दिन्छन् । अप्ठ्यारो अवस्थामा नक्कली साथी त फरार भइहाल्छन् ।
यो प्रविधिको युग हो। प्रविधिले गर्दा धेरैभन्दा धेरै मानिससित सञ्चार कायम राख्न सजिलो भएको छ। यो एउटा चमत्कारजस्तै भएको छ। तर मानिस(मानिसबीचको सम्बन्ध भने दिगो हुन सकेको छैन। एक युवक यसो भन्छन्, “मेरो बुबाको थुप्रै पुराना साथीहरू हुनुहुन्छ। उहाँहरू साथी बन्नुभएको दशकौं भइसक्यो। तर मैले त्यस्तो मित्रता गाँस्न सकेको छैनँ।”
असल साथी बनाउनु र मित्रता कायम राख्नु अहिले किन गाह्रो भएको छ ?
प्रविधिले केही हदसम्म गाह्रो बनाएको छ। मित्रता कायम राख्न भेट्नै पर्छ भन्ने छैन मेसेज वा इमेल पठाएर, च्याट गरेर वा त्यस्तै अन्य तरिकामा साथीहरूसित सम्पर्कमा रहिरहन सकिन्छ भन्ने भान प्रविधिले पारेको छ। मानिसहरू साथीहरूसित सँगै बसेर कुराकानी गर्नुको सट्टा मेसेज र ट्वीट गर्न रुचाउँछन्। एउटा किताबअनुसार ब “मानिसहरू एक(अर्कासित भेटेर कुराकानी गर्नै छाडेजस्तो देखिन्छ। विद्यार्थीहरू पनि साथीहरूसित समय बिताउनुको साटो मोबाइल, कम्प्युटर वा अन्य इलेक्ट्रोनिक साधन चलाउनमै व्यस्त रहन्छन्।”
कहिलेकाहीं प्रविधिले मानिसहरूलाई एकअर्कासित घनिष्ठ भएको महसुस गराउँछ। तर वास्तवमा भने त्यसो हुँदैन। बाइस वर्षीय बिराज द यसो भन्छन्, “साथीहरूको हालचाल बुझ्न जहिले पनि मैले नै सुरुमा मेसेज गर्दो रहेछु भनेर महसुस गरें। कति जनाले मेसेज पठाउँदा रहेछन् भनेर हेर्न मेसेज पठाउनै छोडिदिएँ। तर साँच्चै भन्नुपर्दा थोरैले मात्र पठाए। वास्तवमा मैले मात्र पो तिनीहरूलाई घनिष्ठ ठानेको रहेछु।”
साथीहरूसित सम्पर्कमा रहिरहन अनि तिनीहरूसित घनिष्ठ भइरहन प्रविधिको के कुनै योगदानै छैन तरु त्यसो त होइन। प्रविधिले दुई जनाबीच पुल त बनाइदिन्छ तर नजिक भने ल्याइदिंदैन। त्यसैले साथीहरूसित घनिष्ठ हुन अनलाइन मात्र कुराकानी गरेर पुग्दैन, भेटेरै कुराकानी गर्नु आवश्यक छ।
साथीहरूसित सम्पर्क भइरहन्छ भन्दैमा त्यो साँचो मित्रता हो भन्न मिल्दैन। तपाईं र तपाईंको साथी दुवैसित प्रेम अनि धैर्य जस्ता गुणहरू हुनुपर्छ। साथै एक-अर्कालाई बुझ्नुपर्छस क्षमा दिन सक्नुपर्छ। यस्ता गुणहरूले तपाईंको मित्रतालाई साँच्चै अटुट बनाउँछ।














