भक्तपु । भक्तपुरकाे मंगलकुन्डमा आज मेला लागेकाे छ । भदाै शुक्ल सप्तमीकाे अवसरमा बर्सेनि यश कुन्डमा मेला लाग्ने गर्दछ । मेलाकाे अवसरमा आज ६० वर्षपछि फेरि नासमना स्थित मंगलकुन्डकाे नजिक क्षेत्रमा १ सय ४० भन्दा वढी महिलाहरूले उमामहेश्वरकाे व्रत वसेकाे पुजारी प्रगेस राजाेपाध्यायले जानकारी दिएका छन । उनका अनुसार याे व्रत बस्नाले सन्तान प्राप्ति हुने । परिवारमा सुख समृध्धि प्राप्त हुने जनविश्वास रहिआएकाे छ । घरका जेष्ठ महिला सदस्यले नियमित रूपमा याे व्रत वस्दै आएका हुन्छन । यस व्रतलाई सप्तमी व्रत भन्ने गरिन्छ । 
६० वर्ष पहिले पनि सामुहिक रुपमा यसरी नासमना मै सप्तमी व्रत वस्ने गरिएपनि विभिन्न कारणले याे व्रत आयाेजना हुन सकेकाे थिएन । यस वर्ष मंगलकुण्ड बिकास तथा व्यवस्थापन समिति वनाएर याे व्रतकाे आयाेजना गरिएकाे पुजारी राजाेपाध्यायले बताए । यश बर्षले नया नियम अनुसार व्रत आयाेजना गरिएकाे बताउदै उनले विगत वर्षहरूमा याे व्रत वसेपछि नियमित रूपमा बस्नु पर्ने मान्यता थियाे ।
तर यश वर्षदेखि याे नियम ताेडिएर नियमीत नगरेपनि हुने वनाएपछि व्रत वस्ने नया सदस्यहरू समेत थपिएकाे पुजारी राजाेपाध्यायले जानकारी दिए । सप्तमी व्रत कुनै एक परिवारले आयाेजना गरिने र साेहि स्थानमा भेला भएर बस्ने गरिन्छ । घरमा साँसुआमाले नियमित वसेबाे व्रतलाई बुहारीले नियमितता दिईदै आउने प्रचलन रहिआएकाे छ ।















