युक्रेनी ड्रोन आक्रमणको प्रत्यक्ष प्रभाव भोगेको रुसी सहर टम्बोभमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युद्ध अन्त्य र शान्तिको पक्षमा बोल्ने उम्मेदवारले कठिन राजनीतिक वातावरणको सामना गरेका छन्। सेप्टेम्बर १८ देखि २० सम्म हुने निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले सहज बहुमत कायम गर्ने अपेक्षा गरिएको छ। करिब दुई लाख ५० हजार जनसङ्ख्या रहेको टम्बोभमा गत जुलाईमा युक्रेनी ड्रोनले वाइल्डबेरीको गोदाममा आक्रमण गर्दा सात जनाको मृत्यु र २५ जना घाइते भएका थिए। त्यसको एक महिनापछि भएको अर्को आक्रमणमा गोदाम पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यहाँ करिब पाँच हजार मानिस कार्यरत थिए।युक्रेनी ड्रोन आक्रमणको प्रत्यक्ष प्रभाव भोगेको रुसी सहर टम्बोभमा संसदीय निर्वाचन नजिकिँदै गर्दा युद्ध अन्त्य र शान्तिको पक्षमा बोल्ने उम्मेदवारले कठिन राजनीतिक वातावरणको सामना गरेका छन्। सेप्टेम्बर १८ देखि २० सम्म हुने निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले सहज बहुमत कायम गर्ने अपेक्षा गरिएको छ।
करिब दुई लाख ५० हजार जनसङ्ख्या रहेको टम्बोभमा गत जुलाईमा युक्रेनी ड्रोनले वाइल्डबेरीको गोदाममा आक्रमण गर्दा सात जनाको मृत्यु र २५ जना घाइते भएका थिए। त्यसको एक महिनापछि भएको अर्को आक्रमणमा गोदाम पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यहाँ करिब पाँच हजार मानिस कार्यरत थिए।
युद्धको विरोध गर्ने याब्लोको पार्टीकी उम्मेदवार याना जेनकिनाले युद्ध अन्त्यका लागि खुला रूपमा आवाज उठाउनुभएको छ। उनका निर्वाचनसम्बन्धी भिडियो स्थानीय टेलिभिजनबाट प्रसारण गर्न रोकिएको छ। स्थानीय अधिकारीहरूले सामग्रीमा ‘चरमपन्थी प्रकृतिका सङ्केत’ रहेको आरोप लगाएका छन्। जेनकिनाले भने रुसमा ‘शान्ति’ शब्द नै आपत्तिजनक र खतरनाकजस्तो व्यवहार हुन थालेको बताएका छन्। उनका अनुसार लामो युद्धबाट युवा र वृद्ध दुवै थकित छन् र मानिसहरू सुरक्षित तथा स्थिर जीवन चाहन्छन्।














