काठमाडौँ : सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि थालेको पहिलो चरणको सुझाव तथा पृष्ठपोषण संकलन कार्य आजदेखि सकाएको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशमा सुझाव तथा पृष्ठपोषण संकलन गर्ने कार्य अनुरूप भदौ २४ गतेदेखि थालेको थियो।शिक्षामन्त्री सस्मित पोखरेलसँगै कार्यदलले प्रदेश तथा विभिन्न विद्यालयमै गएर शिक्षा सरोकारवाला, विद्यार्थी, अभिभावक, प्याब्सन, एनप्याब्सन लगायतसँग सुझाव लिएको छ। भदौ २६ गते प्याब्सन कर्णाली प्रदेश सुर्खेतले राष्ट्रिय पाठ्यक्रम प्रारूपसम्बन्धी सुझाव सङ्कलन गर्याे।














