ओमप्रकाशका बुवा को बारम्बार एउटै कुरा ‘मेरो छोरा अब पैसाले फर्काउन सकिन्नँ ।’

5

सुनसरी । घरको एक्लो भर । बिहानदेखि साँझसम्म पसिना बगाएर परिवारको गुजारा चलाउँदै आएका एक युवा । आमाबुबाको सहारा, भाइबहिनीको आशा र घरका आर्थिक मेरुदण्ड थिए- ओमप्रकाश मेहता । गत साता सुनसरीमा भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गएपछि कप्तानगञ्जस्थित ओमप्रकाशको घर र परिवार आसुमा डुबेको छ । ओमप्रकाशको सम्झनाले विह्वल छ । न्यायको प्रतीक्षा गरिरहेको छ ।ओमप्रकाशका बुवा कृष्णदेव मेहता छोरो सम्झेर भक्कानिन्छन्। उनको बारम्बार एउटै कुरा छ- ‘मेरो छोरा अब पैसाले फर्काउन सकिन्नँ ।’