अनुहारको आकर्षण बढाउन मेकअपका विभिन्न उपाय अपनाइन्छन् । तर, कहिलेकाहीँ ओठमा लगाउने लिपस्टिकले पनि पूरै अनुहारलाई नै नयाँ रूप दिन सक्छ । यही कारण लिपस्टिकलाई सौन्दर्य प्रशाधनको सबैभन्दा प्रभावशाली उत्पादनमध्ये एक मानिन्छ । समयअनुसार यसको रङ, बनावट र लगाउने शैली पनि परिवर्तन भइरहन्छ । केही वर्षअघिसम्म गाढा म्याट लिपस्टिकको दबदबा थियो भने अहिले प्राकृतिक देखिने, हल्का ब्लेन्ड गरिएको र चम्किलो फिनिस भएका शैलीहरू लोकप्रिय बन्दै गएका छन् ।














