Sunday, September 27, 2026
Home समाचार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

7

काठमाडौं । कपिलवस्तुजिल्लामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका –०६ बिमिया स्थित हुलाकी सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु।प्र। ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा पठाइएकोमा चिकित्सकले आईतबार बिहान दुवैलाई मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ।मृतक दुवै जनाको पहिचान अझै खुल्न बाँकी रहेको छ भने शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
बसका सह-चालक जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका -०५ खैरागार बस्ने २१ वर्षीय सुनिल रानालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ। बस चालक जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-०२ खरीगैरा बस्ने २८ वर्षीय श्याम कुमार कामी भने रुपन्देहीमा प्रहरीको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।