सांसद रन्जितले नेवारी भाषा र पोशाकमा सपथ लिने

1

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद रूकेश रंजितले परम्परागत नेवारी पोशाकमा सजिएर नेवारी भाषामै सपथ लिने भएका छन् । सांसद रंजितले आफ्नो सांस्कृतिक पहिचान झल्काउने गरि परम्परागत नेवारी पोशाकमा सजिएर नेवारी भाषामै सपथ लिने गरी तयारी गरेका हुन् । यसका लागि उनले संसद सचिवालयमा जानकारी समेत गराईसकेका छन् ।
स्थानीय भाषा, संस्कार र पहिचानको संरक्षणमा जोड दिँदै सांसद रंजितले यस्तो कदम चाल्न लागेका हुन्। यसलाई सांस्कृतिक विविधताको सम्मानका रूपमा समेत हेरिएको छ। यस कदमले संसदमा भाषिक तथा सांस्कृतिक विविधताको प्रतिनिधित्वलाई अझ सशक्त बनाउने सांसद रंजितकाे अपेक्षा छ।