दुःखद खबर, जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु

13
यो पुरानो तस्विर हो ।

दार्चुला । जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यो घटना मार्मा गाउँपालिका–३ भसेमा शनिबार राति ९ बजे भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो । सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको हो । सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।
घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइराखेको छ । प्रहरीका अनुसार सडकबाट करिब दुई सय मिटर तल खसेको उक्त जीपमा चालकसहित दुई जनामात्र सवार थिए ।