४ महिनामा झण्डै ७ खर्ब रेमिट्यान्स भित्रियो

11

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणले कात्तिक महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहेको देखाएको हो ।

आर्थिक वर्ष ०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।