तोसिमा कार्कीको रास्वपा छोड्ने संकेत

15

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ तोसिमा कार्कीले फरक विचार राख्नेहरु मिडिया ट्रायलको सिकार बन्नु परेको भन्दै पार्टी छोड्ने संकेत गरेकी छिन् । उनले आत्मसम्मान प्रहार गर्दा नेताहरुले पार्टी छोड्ने पनि बताएकी छन्।
भित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घमण्ड र दबाबको प्रसंग निकाल्दै केपी ओलीको उदाहरण पनि दिएकी छन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठहरु पार्टी छोडेर निस्केको विषयमा पनि पार्टी नेतृत्वलाई दोष दिएकी छन्।