काठमाडौं । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ। धुम्बाराहीस्थित एक होटलमा दिउँसोदेखि छलफल चलिरहेको हो। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ। छलफलमा दुई नेता मात्र सहभागी छन्।













