संसद् विघटन विरुद्धकाे मुद्दा : सर्वोच्चमा सुनुवाइ सुरु

20

काठमाडौं : संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि सुनुवाइ गर्न आजै संवैधानिक इजलास गठन भएको छ। जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हाे, जसमाथि बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकाे हाे। ​बहसकर्तालाई पाँच/पाँच मिनेटकाे समय दिइएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कानुन व्यवसायीहरू किर्तीनाथ शर्मा पौडेल, खडकबहादुर शाह, विपिन ढकाल, आभाष पोखरेल, डा पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकाया, दलबहादुर धामी, विमल पोखरेल र प्रकाश भूजेलले रिट रिट दिएका छन्।