Sunday, October 18, 2026
Home शिक्षा क्वालिटि स्कुलको एकल नृत्य प्रतियोगीता सम्पन्न

क्वालिटि स्कुलको एकल नृत्य प्रतियोगीता सम्पन्न

31

भक्तपुर । क्वालिटी अंग्रेजी माध्यमिक बिद्यालयले शैक्षिक बर्ष २०८१ बाट बालबालिकाहरुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सुरुवात गरेको QESS Single Dance Championship को दोस्रो संस्करण Season II सम्पन्न गरेको छ। सिनियर समुह अन्तर्गत कक्षा ६ देखि कक्षा ९ सम्मका २० जना र जुनियर अन्तर्गत कक्षा १ देखि कक्षा ५ सम्मका २५ जना बिद्यार्थीहरु सहभागी भएका यस कार्यक्रममा दुवै समुहबाट ८ जना बिद्यार्थी पुरस्कृत भएका थिए भने सहभागी सम्पुर्णलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतियोगितामा जुनियर समुहमा कक्षा १ कि छात्रा दिभांसी कार्की विजेता बनेकी थिईन भने कक्षा २ कि छात्रा लासाङ् मोक्तान द्वितिय, कक्षा ३ कि छात्रा एट्ना सुनुवार तृतिय र कक्षा ४ कि छात्रा कृषा घिमिरे ले सान्त्वना पुरस्कारबाट पुरस्कृत भएका थिए। त्यसैगरी सिनियर समुह अन्तर्गत कक्षा ८ कि छात्रा मनिरा तामाङ् विजेता बनिन भने कक्षा ६ कि छात्रा अनुसा लामा द्वितिय, कक्षा ७ कि छात्रा सम्पर्णा के.सी. तृतिय र कक्षा ६ कि सृजु श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। बिद्यालयका पुर्व प्राथमिक तहका ईन्चार्ज अनिता थापा तिमिल्सिनाद्वारा संचालित कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिवोधन बास्तोला र बिद्यालयका प्रिन्सिपल जी.वी. खड्काले विजेताहरु तथा निर्णायकहरुलाई पुरस्कृत तथा सम्मान प्रदान गरेका थिए।