काठमाडौँ : सरकारले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरेको छ। जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत उनलाई सरकारले यो पुरस्कार प्रदान गरेको हो। निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरे। सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित थिए।













