आज मौसमः मध्यम वर्षाको सम्भावना

13

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पुर्वी भू-भाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । देशभर पुर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भईरहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेशको तराई र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव साथै, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

आजको मौसमः

हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।