चाँगुनारायण नगर अस्पतालमा उपलब्ध छन् यस्ता सेवाहरु

136

भक्तपुर । चाँगुनरायण नगरपालिकाद्धारा संचालित नगर अस्पतालमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरु उपलब्ध हुदैं आएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा रहेको यस अस्पतालले नगरबासीको स्वास्थ्य सुविधालाई ध्यानमा राखेर विभिन्न प्रकारका सेवाहरु सुचारु गरिहेको छ ।

हाल अस्पतालमा उपलब्ध सेवा तथा सुविधा यस प्रकार रहेका छन् ।

१. २४ सैं घण्टा आकस्मिक सेवा
२. ओ.पि.डि./बहिरङ्ग/ जनरल तथा विशेषज्ञ सेवा
३. अन्तरङ्ग सेवा
४. प्रयोगशाला सेवा
५. फार्मेसी सेवा
६. सामान्य शल्यक्रिया सेवा
७. नियमित खोप सेवा
८. रेबिज तथा टि.टि. खोप सेवा
९. स्वास्थ्य बीमा लागु भएको
१०. २४ सैं घण्टा प्रसुती सेवा
११. सुरक्षित मातृत्व कार्यक्रम सेवा
१२. ९ हप्तासम्मको गर्भपतन सेवा
१३. परिवार नियोजन तथा परामर्श सेवा
१४. VIA परीक्षण सेवा
१५. किशोर किशोरीमैत्री सेवा
१६. कुपोषण उपचार सेवा
१७. दन्तरोग उपचार सेवा
१८. रेडियोलोजी सेवा (एक्सरे/ भिडियो एक्सरे)
१९. डट्स तथा कुष्ठरोग सेवा
२०. गाउँघर तथा खोप क्लिनिक सेवा
२१. स्वास्थ्य तथा विद्यालय शिक्षा कार्यक्रम
२२. २४ सैं घण्टा एम्बुलेन्स सेवा
२३. गर्भवतीको लागि निशुल्क एम्बुलेन्स सेवा
२४. अक्सिजन वितरण तथा पुनर्भरण सेवा

विशेषज्ञ सेवाहरुः-
१. एम.डी.जी.पी. सेवा – प्रत्येक दिन
२. नाक, कान, घाँटी /आँखा – प्रत्येक आइतबार
३. बालरोग – प्रत्येक आइतबार
४. नसा तथा हाडजोर्नी रोग विशेषज्ञ सेवा – प्रत्येक आइतबार, सोमबार र बिहिबार
५. भिडियो एक्सरे सेवा – प्रत्येक बिहिबार
६. स्त्री रोग विशेषज्ञ सेवा – प्रत्येक बिहिबार
७. अन्कोलोजी (क्यान्सर रोग सम्बन्धी )- प्रत्येक शुक्रबार