Tuesday, September 22, 2026
Home राजनीति ‘प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरा साथ छ’

‘प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरा साथ छ’

86

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पूरा साथ रहेको बताएका छन्।
मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग वितगमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो।
‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि राम्रो छ,’ सभापति देउवाले भने, ‘प्रधानमन्त्रीलाई कांग्रेसको तर्फबाट पूरा साथ सहयोग छ।’ कांग्रेस र एमालेबीच असार १७ गते ७ बुँदे सहमतिका आधारमा ओली असार ३० गते प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीलाई भविष्यमा पनि साथ रहने उनको भनाइ थियो।