Tuesday, September 22, 2026
Home शिक्षा कक्षा ११ को छात्रवृत्तिका लागि साउन ४ गते परीक्षा हुने

कक्षा ११ को छात्रवृत्तिका लागि साउन ४ गते परीक्षा हुने

33

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षा-११ को छात्रवृत्तिमा अध्ययन गर्नका लागि आगामी साउन ४ गते परीक्षा समय तोकेको छ। महानगरपालिकाले आज प्रकाशित गरेको सूचना अनुसार परीक्षा साउन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। परीक्षा दुई घण्टाकाे हुनेछ। महानगरपालिकाले यसका लागि असार २९ गतेभित्र आवेदन पेश गर्न एसइईमा पास भएका विद्यार्थीहरूलाई आग्रह गरेको छ। संस्थागत विद्यालयहरूले कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ।